२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलेश्वर भन्सारद्वारा २०० बढी प्रतिशत राजस्व असुली

अ+ अ-

जलेश्वर । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा २०० भन्दा बढी प्रतिशत राजस्व असुली गरेको छ ।

भन्सार अधिकृत एवं सूचना अधिकारी डिल्लीराम सुवेदीका अनुसार जलेश्वर भन्सार कार्यालयले आव २०७७/०७८ को शुरु साउनदेखि अन्तिम असार मसान्तसम्ममा भन्सारले लिएको राजस्व असुलीका लक्ष्यभन्दा २०४ प्रतिशत बढी राजस्व असुली भएको बताए ।

उनले जलेश्वर भन्सारले आव २०७७/०७८ मा जम्मा ७९ करोड ६५ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा भन्सारले सो अवधिमा रु एक अर्ब ६२ करोड ८८ लाख आठ हजार राजस्व असुली गरेको बताए। जुन लक्ष्यभन्दा २०४ प्रतिशत बढी रहेको छ ।

जलेश्वर भन्सारले भन्सार महसुलतर्फ रु ४७ करोड ३७ लाख ६९ हजार लक्ष्य लिएकोमा रु एक अर्ब ९३ करोड ८४ लाख सङ्कलन गरेको छ । त्यस्तै मूल्य अभिवृद्धितर्फ रु २५ करोड ४१ लाख १८ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु ४५ करोड २० लाख ३१ हजार सङ्कलन गरेको छ ।

त्यसैगरी अन्तःशुल्कतर्फ रु तीन करोड ६३ लाख ५२ हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु तीन करोड ९२ लाख दुई हजार सङ्कलन गरेको छ र अन्यतर्फ रु तीन करोड २३ लाख ६० हजार सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु १२ करोड ८१ लाख ९० हजार सङ्कलन गरेको जनाएको छ । यसरी जलेश्वर भन्सारले गत आव ०७७/०७८ मा जम्मा रु ७९ करोड ६५ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु एक अर्ब ६२ करोड ८८ लाख आठ हजार राजस्व असुली गरेको सूचना अधिकारी सुवेदीले बताए ।

उनले गत आवको माघदेखि जलेश्वर भन्सारबाट पेट्रोलियम पदार्थको बढी ढुवानी भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको बताएका छन् भने अन्य नियमितरूपमा आउने सरसामान पनि लकडाउनका कारण परिमाणभन्दा बढी आएकाले लक्ष्यभन्दा २०४.४७ प्रतिशत बढी राजस्व असुली भएको बताए ।