२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औद्योगिक अध्ययन केन्द्र

अ+ अ-

विराटनगर । उद्योगपति एवं समाजसेवी स्व महेन्द्र गोल्छाको नाममा औद्योगिक अध्ययन केन्द्र स्थापना हुने भएको छ ।

उद्योग सङ्गठन मोरङले उद्योग र विश्वविद्यालयबीचको लिङ्केज अभिवृद्धि गरी आर्थिक विकासका विविध आयाममा अध्ययन अनुसन्धानका विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र सञ्चालनमा ल्याएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा कार्यान्वयन गरिने यो औद्योगिक अध्ययन केन्द्रलाई मुलुककै आर्थिक एवं औद्योगिक क्षेत्रको नमूना सिकाइ केन्द्रका रुपमा विकास गरिने लक्ष्यका साथ शुक्रबार साँझ उद्योग सङ्गठन मोरङले उद्योग र पूर्वाञ्चल विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षर कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले औद्योगिक क्षेत्रमा अध्ययन अनुसन्धानको माध्यमबाट आर्थिक एवं औद्योगिक क्षेत्रमा प्राज्ञिकविज्ञको ऐकेडेमिक ज्ञानलाई आर्थिक विकासमा उपयोग गर्ने उद्देश्य रहेको बताए ।

साथै विश्वविद्यालय र उद्योगबीचको प्राज्ञिक एवं व्यावसायिक सम्बन्ध स्थापित गरी अध्ययन अनुसन्धान एवं सिकाइको प्रक्रियालाई अघि बढाउन केन्द्रले भूमिका निर्वाह गर्ने उनले बताए ।

अध्ययन केन्द्रले आर्थिक एवं औद्योगिक क्षेत्रमा प्राज्ञिक अध्ययन अनुसन्धान तथा नीति विश्लेषण गर्न विश्वविद्यालयका युवा अनुसन्धानकर्तालाई प्रेरित गर्ने विश्वास अध्यक्ष प्याकुरेलले व्यक्त गरे ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा यादवराज कोइरालाले अनुसन्धानको माध्यमबाट उद्योगको समस्या पहिचान गरी नीति निर्माण तहमा सुझाव प्रस्तुत गर्न दुवै पक्षबीच भएको समझदारीले सहयोग पुर्याउने जानकारी दिए। सुदृढ आर्थिक एवं सामाजिक विकासका लागि नव उद्यमशीलतालाई समानान्तररुपमा प्रवद्र्धन गर्दै लैजानुपर्ने धारणा राख्दै उपकुलपति कोइरालाले उद्यमी र प्राज्ञिक वर्गलाई अपनत्व हुने गरी केन्द्रले कार्य गर्ने बताए ।

केन्द्रका संयोजक एवं पूर्वाञ्चल विश्वविद्यालयका डा विजु थपलियाले केन्द्रले उद्योगको नीति निर्माण, नीतिगत बहस र पैरवी, उद्योगी र विश्वविद्यालयबीच अन्तरसंवादको वातावरण तयार गर्न नयाँ आयाम थप्ने धारणा राखे। केन्द्रको संयोजकमा प्राध्यापक डा. थपलिया, सहसंयोजकमा इन्द्र खत्री (राजन), सदस्यमा युक्ति गोल्छा, प्राध्यापक देवी भट्टराई, प्रशान्तकुमार लालर तथा सदस्य सचिवमा सङ्गठनका महानिर्देशक चूडामणि भट्टराई रहेका छन ।

प्रतिक्रिया दिनुहोस