काङ्ग्रेस संसदीय दलद्वारा तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काङ्ग्रेस संसदीय दलद्वारा तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त


२१ श्रावण २०७८, बिहिबार


काठमाडौँ, । नेपाली काङ्ग्रेस संसदीय दलले रौतहट क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिनाका धर्मपत्नी रेणु तिमिल्सिनाको निधनप्रति दुख व्यक्त गरेको छ । उनको उपचारको क्रममा आज निधन भएको हो ।

संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले शोक विज्ञप्तिमार्फत रेणु तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकी छन् । स्व तिमिल्सिना काङ्ग्रेसको सक्रिय सदस्य थिइन् । उनी काङ्ग्रेसले आह्वान गरेको हरेक लोकतान्त्रिक आन्दोलनहरूमा सदैव सहभागी हुँदै आएको उल्लेख गर्दै संसदीय दलले उनको निधनले काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस