भदौ २३ पछि कांग्रेसको अहिलेको केन्द्रीय कार्यसमितिको वैधानिकता रहँदैन : पौडेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भदौ २३ पछि कांग्रेसको अहिलेको केन्द्रीय कार्यसमितिको वैधानिकता रहँदैन : पौडेल


२१ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ २३ पछि पार्टी केन्द्रीय समितिको वैधानिकता सकिने बताएका छन्।

सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समितिको वैधानिकता भदौ २३ मा सकिने भएकोले समयमै महाधिवेशन गर्न पौडेलले आग्रह गरे ।

आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भएको आफू पक्षका नेताहरूसँगको बैठकपछि पौडेलले भने, ‘भदौ २३ पछि यो केन्द्रीय समिति रहन सक्दैन। भदौ २३ पछि उता यो केन्द्रीय समिति रहँदैन। यसको वैधानिकता सकिन्छ।’

आजको छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी र मिनेन्द्र रिजाल सहभागी भएका थिए ।

प्रक्रिया छोट्याएर निर्वाचन समितिले पूर्वनिर्धारित समयमै महाधिवेशन गर्न सक्ने उनले बताए। कुनै उपाय नभए मात्रै विशेष महाधिवेशन गर्ने भनेको पौडेल बताउँछन्।

१४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्न पौडेल पक्षले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराइरहेको छ। तर कांग्रेसमा अहिलेसम्म क्रियाशील सदस्यतामाथि उठेका विवाद टुंगिएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस