२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गर्ने

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको आशन्न १४औँ महाधिवेशनअन्तर्गत प्रभावित भएका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेताको आज भएको बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद एक/दुई दिनमै निरुपण गर्ने सहमति गरेको हो ।

क्रियाशील सदस्यता छानविन समितिका सदस्य रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका समस्या समाधान गर्न शीर्ष नेताहरूको बैठक सकारात्मकरुपमा अघि बढेको छ र विवाद छिट्टै निरुपण हुने बताए । क्रियाशील सदस्यतामा देखिएका समस्या समाधानपछि प्रभावित स्थानीय तहको नयाँ कार्यतालिका सार्वजनिक गरिने उनले जानकारी दिए ।

बैठकमा अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाको सदस्यताका हकमा केन्द्रित भएर आज छलफल भएको थियो । पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको यही साउन १४ गतेको बैठकले पार्टीको क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाई सुम्पेको थियो । क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएका कारण र पार्टीको समायोजनका कारण बारा, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाहीलगायत जिल्लाका केही क्षेत्र र वडाको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी छ ।

कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ । त्यस्तै यसअघिको कार्यतालिका अनुसार गाउँ/नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस