सिङ्गापुरका लागि गैरआवासीय राजदूत ढकालले बुझाए भर्चुअल माध्यमबाट ओहोदाको प्रमाणपत्र « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिङ्गापुरका लागि गैरआवासीय राजदूत ढकालले बुझाए भर्चुअल माध्यमबाट ओहोदाको प्रमाणपत्र


२० श्रावण २०७८, बुधबार


काठमाडौँ । सिङ्गापुरका लागि नेपालका गैरआवासीय राजदूत गणेश ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

कोभिड-१९ को संक्रमण कायम रहेकै बेला नियुक्त भएको १७ महिना पछि भर्चुअल रुपमै उनले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।भर्चुअल माध्यमबाटै त्यहाँका राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेको ढकालले जानकारी दिएका छन्।

उनलाई २०७६ पुस २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सिंगापुरका लागि गैरआवसीय राजदूतको रुपमा नियुक्त गरेकी थिइन्।

ढकाल राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला सम्बन्धी एसिया र प्रसान्त क्षेत्रको कार्यालयका लागि नेपाली नियोग प्रमुखसमेत हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस