राष्ट्रियसभा बैठक : भारतसित वार्ता गर्न प्रतिपक्षी दलका सांसदको माग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राष्ट्रियसभा बैठक : भारतसित वार्ता गर्न प्रतिपक्षी दलका सांसदको माग


२० श्रावण २०७८, बुधबार


राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले केही दिनअघि दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा एक नेपाली युवाको ज्यान गएको घटनामा भारतीय पक्षसँग वार्ता गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने एमाले सांसदहरुले दार्चुलामा एसएसबीले तुइन काट्दा स्थानीय जयसिंह धामी बेपत्ता भएको घटनालाई सरकारले गम्भीरतापूवर्क नलिएको आरोप लगाए ।

सांसदहरुले महाकालीमा बेपत्ता धामीको खोजी गर्न तथा उनको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।

सांसद खिमलाल भट्टराईले एसएसबीले तुइन काटिदिँदा पनि सरकार मौन बसेकामा आपत्ति प्रकट गरे । भारतसित ठोस् पहल गर्नका लागि सरकार पछि हटेको उनले आरोप लगाए। प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना समकक्षीसित तत्काल वार्ता गर्न भट्टराईले माग गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस