सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै


२० श्रावण २०७८, बुधबार


काठमाडौँ । सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन आज पुनः बैठक बस्न लागेको हो ।

मङ्गलवार बिहान र बेलुकी दुई चरणमा बसेको कार्यदल बैठकले कार्यक्रमलाई अन्तिम टुङ्गो लगाउन नसकेपछि आज पुनः बस्न लागेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

कार्यदलमा काँग्रेस, माओवादी र जसपाका नेताहरू सहभागी छन् । कार्यदलले मन्त्रिपरिषद्लाई पूर्णता, मन्त्री छनोट गर्ने मापदण्ड, संवैधानिक तथा राजनीतिक नियुक्ति सम्बन्धी कार्यविधि लगायतका विषयलाई समेटेर न्यूनतम साझा कार्यक्रमको खाका तयार पारेको छ । कार्यदलले तयार पारेको अन्तिम प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइने छ । त्यसपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ ।

सरकार पक्षका नेताहरूले नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस