हरि मैनाली सचिवमा बढुवा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

हरि मैनाली सचिवमा बढुवा


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव हरिप्रसाद मैनालीलाई सचिवमा बढुवा गरेको छ ।

मंगलवार(आज) बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका मैनालीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय हरि प्रसाद मैनाली, डिल्लीराज शर्मा र राज कुमार श्रेष्ठको नाम सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा सिफारिस मैनालीलाई नै सरकारले बढुवा गरेको हो ।

नेपाल प्रशासन सेवाका सहसचिव हरिप्रसाद मैनालीलाई सचिवमा बढुवासँगै अतिरिक्त समूहमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस