लुम्बिनीमा मुख्यमन्त्रीको अविश्वास प्रस्तावमाथि छलफल गर्न अधिवेशन माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लुम्बिनीमा मुख्यमन्त्रीको अविश्वास प्रस्तावमाथि छलफल गर्न अधिवेशन माग


१९ श्रावण २०७८, मंगलबार


बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन माग गरेका छन् ।

मंगलबार (आज) प्रदेश प्रमुख अमिक शेरचनलाई अधिवेशनका लागि निवेदन दिएका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मुख्यमन्त्री पोखरेललाई प्रदेशसभाको समर्थन नरहेको भन्दै अविश्वास प्रस्तावमाथि छलफलको माग गरेका हुन् ।

उनीहरुले मंगलबार नै प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस