बैङ्किङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बैङ्किङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


१९ श्रावण २०७८, मंगलबार


काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले बैङ्किङ कसूर मुद्दाका एक फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ ।

फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि परिचालित टोलीले बैङ्किङ कसूर (चेक बाउन्स) मुद्दामा ललितपुरस्थित पाटन उच्च अदालतबाट कसूरदार ठहर भई फरार रहेका काठमाडौँ बुढानीलकण्ठ निवासी ठाकुरप्रताप थापालाई पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा हाजिर गराइएको गरिएको छ । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभए पनि अभियुक्तले जानाजान पीडितलाई झुक्याएर बैङ्कको चेक दिएकाले बैङ्किङ कसूरजन्य अपराध गरेको ठहर गरिएको थियो । सो मुद्दामा उच्च अदालतले रु ३९ लाख ९६ हजार ४०० जरिवाना तोकेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस