२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश


१९ श्रावण २०७८, मंगलबार


वासिङ्टन । अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।

उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरुलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको हो ।

अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ । अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भनेका छन्, हामीलाई आगामी सेप्टेम्बर ३ तारिख अगावै ती कूटनीतिज्ञले अमेरिका छोड्नु भनेर अमेरिकाले २४ जनाको सूची पठाएको छ ।

ती रुसी कूटनीतिज्ञले निर्धारित समयमै अमेरिका छोड्ने जानकारी राजदूत एन्टोलीले दिएका छन् ।

उनका अनुसार हाल अमेरिकाले प्रवेशाज्ञामा निकै नै कडाइ गरेकाले ती २४ जनाको स्थानमा तत्कालै अरु कूटनीतिज्ञ अमेरिका नआउने जानकारी पनि दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस