माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै


१८ श्रावण २०७८, सोमबार


काठमाडौँ । आज नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा दिउँसो तीन बजे बैठक बोलाइएको हो ।

सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

यस अघि शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् । शर्माले अर्थ मन्त्री र भुसाल ऊर्जा मन्त्री बनेका छन् । माओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरू बताउँछन् ।

काँग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानु नमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ मात्र सरकारमा सहभागी छन् ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अझै पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस