एन्फाका सहायक महासचिव अर्यालले दिए राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एन्फाका सहायक महासचिव अर्यालले दिए राजीनामा


१८ श्रावण २०७८, सोमबार


काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का सहायक महासचिव वसन्तराज अर्यालले राजीनामा दिएका छन् ।

अर्यालले २०६६ मा २६ को साधारण सभाले विधान संशोधन गर्दै मनोनीत पदहरू खारेज गरेकोले उक्त पदमा रहने नैतिक सङ्कट परेकाले पदबाट राजीनामा दिएको जानकारी दिए ।

उनले आइतबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राजीनामा पत्र पठाएका हुन् । अध्यक्ष शेर्पाले मानार्थ अध्यक्ष टासी घलेसहित १७ जनालाई कार्यसमितिमा मनोनीत गरेका थिए । अर्याल पनि मनोनयनबाट सहायक महासचिव पदमा एन्फाको कार्यसमितिमा आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस