२४ घण्टामा थप ३१०६ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

२४ घण्टामा थप ३१०६ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु


१६ श्रावण २०७८, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १९१६ जना संक्रमणमुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस