अफगानिस्तानमा राष्ट्रसङ्घीय कर्मचारीमाथि भएको हमलाको महासचिवद्वारा निन्दा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अफगानिस्तानमा राष्ट्रसङ्घीय कर्मचारीमाथि भएको हमलाको महासचिवद्वारा निन्दा


१६ श्रावण २०७८, शनिबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको हेरातमा भएको हमलाको निन्दा गरेका छन्।

उनले हालै अफगानिस्तानको हेरातमा संयुक्त राष्ट्रसङ्घीय कर्मचारीमाथि भएको हमलाको कडा शब्दमा निन्दा गर्नुका साथै सो हमलामा परी ज्यान गुमाउने सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

साथै त्यस हमलामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले संयुक्त राष्ट्रसङ्घको कार्यालय र यसका कर्मचारीप्रतिको आक्रमण अन्तरराष्ट्रिय कानूनबमोजिम पनि निषेधित रहेको भन्दै यस्ता कार्यमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए ।

उनका सहायक प्रवक्ता फराह हकले प्रकाशन गरेको विज्ञिप्तमा यस्ता जघन्या हिंसा गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै उनले संयुक्त राष्ट्रसङ्घ सधैँ अफगानिस्तानको सरकार र यहाँका नागरिकको पक्षमा रहेको बताएका छन् । अफगानिस्तानमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घले पनि विगत लामो समयदेखि प्रयास जारी राखेको उनले सो विज्ञप्तिमा जनाएका छन् ।

यसरी नागरिकको शान्ति स्थापनाको चाहनाका लागि काम गर्ने संस्थामाथि भएको यस प्रकारको हिंसात्मक हमला कदापि क्षम्य नहुने उनका सहायक प्रवक्ताले प्रकाशित गरेको विज्ञप्तिमा बताइएको छ ।

पछिल्ला केही दिनमा अफगानिस्तानमा यस्ता हिंसात्मक हमलाका घटनामा वृद्धि भएको र अफगानिस्तानको सरकारका अधिकारी तथा सुरक्षाकर्मीमाथि पनि तालिबानले हमला गर्ने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस