जर्मनीमा आधा भन्दा बढी जनसङ्ख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जर्मनीमा आधा भन्दा बढी जनसङ्ख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप


१३ श्रावण २०७८, बुधबार


बर्लिन । रासस/एएफपी । जर्मनीको आधा भन्दा बढी जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको यहाँको स्वास्थ्य मन्त्री जेन्स स्पानले बताएका छन् । युरोपको सबैभन्दा ठुलो अर्थतन्त्र जर्मनीले खोप अभियानलाई प्राथमिकतामा राखेको उनले बताएका हुन् ।

स्पानका अनुसार ४ करोड १८ लाख जर्मन हाल पूर्णरुपमा सुरक्षित भएका छन् । जर्मनीको कूल जनसङ्ख्या ८ करोड ३० लाख भन्दा बढी छ । जर्मनीको आधा जनसङ्ख्या भनेको ४ करोड १५ लाख भन्दा बढी हो ।

त्यस्तै ६१।१ प्रतिशतले जर्मन नागरिकले कम्तीमा एक डोज खोप प्राप्त गरेको पनि उनले बताएका छन् । प्रायः सबैले नागरिकले शरद र जाडो मौसमसम्म खोप लिने पनि स्पानले ट्विटरमा लेखेका छन् ।

जर्मनीमा कोरोना भाइरस सुरु भएदेखि हालसम्म ३७ लाख ६६ हजार ५०१ व्यक्ति सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमणको कारण ९१ हजार ५९२ व्यक्तिको मृत्यु भएको यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस