डारफोरबाट संयुक्त राष्ट्रसङ्घीय मिसनका शान्ति सैन्य फिर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डारफोरबाट संयुक्त राष्ट्रसङ्घीय मिसनका शान्ति सैन्य फिर्ता


१३ श्रावण २०७८, बुधबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले डारफोरमा रहेको मिसनबाट शान्ति सैनिकहरु फिर्ता भएको जनाएको छ । सो कुराको जानकारी डारफोरमा रहेको संयुक्त राष्ट्रसङ्घ मिसनका लजिस्टिक प्रमुखले दिएका हुन् ।

डारफोरमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनका लजिस्टिक प्रमुख अतुल खारेले मङ्गलवार सो जानकारी दिएका छन् । उनले दक्षिण सुडानको डारफोरमा रहेको मिसनका सदस्यहरु हटेको जानकारी दिए ।

उनका अनुसार सो मिसनमा रहेका शान्ति सैन्य र अरु सबै कर्मचारीहरु पनि त्यहाँबाट हटेका बताइएको छ । त्यहाँ गएको १३ वर्षदेखि जारी रहेको हिंसाबाट यहाँका नागरिकलाई बचाउनका लागि संयुक्त राष्ट्रसङ्घीय मिसन सुरु भएको थियो । सो मिसनको अन्तिम समय सन् २०२० को डिसेम्बर ३१ सम्म मात्र रहेको थियो । तर हिंसा जारी नै रहेको भनेपछि यहाँका अधिकारीहरुले आजसम्म यो मिसन जारी राखेका थिए । तर मङ्गलवारदेखि ती मिसनका सबै सैनिक र कर्मचारी फिर्ता भएका बताइएको हो ।

गत जुन ३० मा त्यहाँका ६ हजार प्रहरी र सैनिक फिर्ता भएका थिए । अरु बाँकी रहेका शान्ति सैनिक, प्रहरी र अरु कर्मचारीहरुले पनि मङ्गलवार सुडान छोडिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस