२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्येष्ठ नागरिकको वृद्धभत्ता घरदैलोमै

अ+ अ-

स्याङ्जा । हरिनास गाउँपालिकाले ज्येष्ठ नागरिकको वृद्धभत्ता घरदैलोमै पुगेर वितरण गरेको छ । दूरदराजमा रहेको उक्त गाउँपालिकाबाट वृद्धभत्ता लिन सदरमुकामको बैंकमा जानुपर्दा ज्येष्ठ नागरिकले सास्ती खेप्दैआएका थिए । गाउँपालिका–१ खैरेकोट गाउँमा पुगेर गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले वृद्धवृद्धालाई भत्ता वितरण गर्दै भने, ‘स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनाताको चाहानाअनुसार सुविधा हुनेगरी काम गर्नुपर्छ ।’

वृद्धभत्ता लिनका लागि जिल्ला सदरमुकास्थित बैंकमा जाँदा आफूहरुले धेरै दुःख पाएको गुनासो वृद्धवृद्धाले गरेकाले घरमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । गाउँपालिकाले जनतासँग अध्यक्ष कार्यक्रमसमेत सञ्चालन गरी गाउँगाउँमा पुगेर जनताको गुनासो सुन्नुका साथै समस्यासमेत समाधान गर्दै आएको अध्यक्ष मानन्धरले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले वर्षाका बेला जिल्ला सदरमुकामसम्म जाँदा समस्या हुने भएकोले कुमारी बैंकसँग समन्वय गरेर गाउँघरमै वृद्धभत्ता वितरण गर्ने व्यवस्था मिलाइएको समाजिक सुरक्षा भत्ताका लागि परिचयपत्रसमेत गाउँघरमै पुगेर नवीकरण गरिएको उनले जानकारी दिए ।