२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाविरुद्धको खोपका लागि कूटनीतिक प्रयास थाल्न सांसदहरुको सुझाव

अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरुले कोभिड–१९ विरुद्धको खोप देशभरका नागरिकलाई उपलब्ध गराउन तथा खरिद प्रक्रिया शीघ्र अघि बढाउन कूटनीतिक प्रयास थाल्न सुझाव दिएका छन् ।

राष्ट्रियसभाको आजको विशेष समयमा उनीहरुले विदेशस्थित नेपाली नियोग र कूटनीतिक अधिकारीहरुलाई नेपालमा खोपको व्यवस्था गर्न परिचालन गर्नुपर्ने सुझाव दिँदै महामारी बढ्दै गएको अहिलेको अवस्थामा कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्न माग गरे ।

नेपाली काङ्ग्रेसकी सांसद तारादेवी भट्टले वर्तमान राजनीतिक परिदृश्यमा राष्ट्रिय एकता आवश्यक भएको, एकले अर्काको अस्तित्व स्वीकार गर्दै लोकतन्त्र रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध हुनुपर्नेमा जोड दिइन् । देशका विभिन्न भागमा बाढी पहिरोबाट पीडित भएकालाई क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गरिन् । निर्मला पन्तलाई चाँडो न्याय दिन उनले माग गरे ।

नेकपा एमालेकी सांसद विमला घिमिरेले संसद्मा आरोप प्रत्यारोपको राजनीति त्यागेर महामारी नियन्त्रण र जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने विचार व्यक्त गरिन्। सोही दलका अगमप्रसाद वान्तवा राईले सरकारले भूमिहीनका पक्षमा काम गर्नुपर्नेमा जोड दिए भने सांसद तुलसाकुमारी दाहालले कोरोना सङ्क्रमण बढ्दै गरेको अवस्थामा विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न नहुने सुझाव दिइन् ।

नेकपा (माओवादी केन्द्र) का मायाप्रसाद शर्माले सबै राजनीतिक दल र जनताको प्रयासबाट देशमा परिवर्तन भएको यथार्थ सुनाउँदै संविधान संरक्षण र गणतन्त्रको संस्थागत विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने उनले सुनाए । नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामीले सरकारले खोप खरिदका लागि गरेको निर्णयको स्वागत गर्दै समयमै सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सुझाव दिए।

सांसद विमला राई पौडेलले मुलुक संविधान कार्यान्वयनको प्रारम्भिक चरणमा रहेको बताउँदै सर्वोच्च अदालतको फैसला भोलिका लागि नजिर बन्ने र त्यसबारेमा विस्तृत छलफल गरिनुपर्ने विचार व्यक्त गरे।

नेकपा एमालेका सांसद गोपाल भट्टराईले ओली सरकारले थालेका विकास निर्माणका योजनालाई निरन्तरता दिन सरकारसँग माग गरे भने सोही दलकी दीपा गुरुङले चुनौतीपूर्ण अवस्थामा रहेको गठबन्धन सरकारले जनाताका समस्या समाधान गर्नेमा शङ्का व्यक्त गरिन् । नेकपा एमालेकी सांसद नैनकला ओझाले जनादेशबाट बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका राम्रा कामलाई प्राथमिकता दिन सरकारसँग माग गरिन् । अर्का सांसद सुमित्रा विसीले देशभर महिला हिंसाका घटना बढेकामा दोषीलाई कारबाहीको माग गरिन् ।

अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई घरमै सामाजिक भत्ता उपलब्ध गराउनुपर्नेमा जोड दिए । नेपाली काँग्रेसका सांसद दृगनारायण पाण्डेयले सरकारले पहिलो प्राथमिकतामा कोभिड–१९ खोपलाई राख्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस