पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ


१२ श्रावण २०७८, मंगलबार


काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी उद्योग मुद्दामा उच्च अदालतबाट पनि सफाइ पाएका छन् । उच्च अदालतले उनीविरुद्धको मुद्दाको सुनुवाइ गर्दै मंगलबार काठमाडौँ जिल्ला अदालतले गरेको फैसलालाई नै सदर गरेको हो ।

उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरा विरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।

सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । उक्त आरोप लागेपछि २०७६ असोज १४ गते उनले सभामुखबाट राजीनामा दिनुपरेको थियो भने असोज १९ गते उनि सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए । उनी ५ महिना पूर्पक्षका लागि कारागारमा रहेका थिए । महरालाई २०७६ फागुन ५ गते काठमाडौँ जिल्ला अदालतले सफाइ दिएको थियो ।

सम्बन्धित समाचार : पूर्वसभामुख महराले पाए सफाइ

काठमाडौँ जिल्ला अदालतले सफाइ दिएपछि सरकार महराविरुद्ध मुद्दा लिएर उच्च अदालत पाटन पुगेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस