पूर्वसभामुख महराले पाए सफाइ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पूर्वसभामुख महराले पाए सफाइ


५ फाल्गुन २०७६, सोमबार


काठमाडौं । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ दिएको छ ।

सोमबार जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले उनलाई सफाइ दिएको हो ।

सं‌सद सचिवालयकी कर्मचारीलाई बलात्‍कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो ।

संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनी गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।

बलात्कार प्रयासकाे आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस