करको दायरा बढाउनुपर्नेमा जोड : मन्त्री खड्का « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

करको दायरा बढाउनुपर्नेमा जोड : मन्त्री खड्का


११ श्रावण २०७८, सोमबार


गण्डकी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री कुमार खड्काले करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक रहेको बताएका छन् ।

मन्त्रालयको वार्षिक प्रगति समीक्षा कार्यक्रममा आइतबार उनले कर्मचारीलाई करको दायरा बढाउन र दायित्व हस्तान्तरण गर्नुभन्दा निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन्। आगामी बजेट दोब्बर बनाउन केन्द्र सरकारसँग पहल गरिने पनि मन्त्री खड्काले बताएका थिए ।

कार्यक्रममा मन्त्रालय मातहतका एघारै जिल्लाका कार्यालय प्रमुखहरुले वार्षिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए । उनीहरुले कार्यक्रम सम्पन्न गर्न आइपरेका कठिनाइ र चुनौतीबारे पनि जानकारी गराएका थिए ।

समीक्षामा प्रदेशसभा सदस्यहरु ओमकला गौतम, ललितकला गुरुङसहित नीति तथा योजना आयोगका पदाधिकारी, मन्त्रालयका सचिव, कार्यालय प्रमुखको उपस्थिति थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस