२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुग्ध क्षेत्रमा संलग्नलाई खोप दिन माग

अ+ अ-

काठमाडौँ । दुग्ध क्षेत्रका काम गर्ने व्यवसायी तथा मजदुरले सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेका छन् । सरकारले दुग्ध क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेको जनाउँदै नेपाल डेरी एसोसिएसन नेपालले खोपको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।

एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै तत्काल दुग्ध क्षेत्रका मजदुर, उद्योगी तथा व्यवसायी र किसानलाई खोप दिन माग गरेको हो । ‘दुग्ध व्यवसाय अति संवेदनशील अत्यावश्यक वस्तुभित्र रहेको र दैनिक जोखिम मोल्दै अग्रपङ्क्तिमा रही बजारलगायत भिडभाडमा काम गर्नुपर्ने हुन्छ । पहिलो प्राथमिकता दिई खोप उपलब्ध गराई सहज वातावरण बनाउनु हुन अनुरोध गरिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

एसोसिएसनका महासचिव प्रहलाद दाहालले सरकारले अत्यावश्यक क्षेत्रका रुपमा राखिएका अन्य क्षेत्रका व्यवसायी तथा मजदुरलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराए तापनि दुग्ध क्षेत्रलाई नदिइएको बताए।

पछिल्लो समय कोरोना सङ्क्रमितका सङ्ख्यामा वृद्धि भएको जनाउँदै तत्काल दुग्ध क्षेत्रका संलग्नलाई खोप उपलब्ध गराउन उनले माग राखे ।यस क्षेत्रमा करिब पाँच लाख ५० हजार मात्रा खोप आवश्यक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस