बेपत्ता सांसद पार्टीको सम्पर्कमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बेपत्ता सांसद पार्टीको सम्पर्कमा


११ श्रावण २०७८, सोमबार


बुटवल । सोमबारदेखि बेपत्ता जनता समाजवादी पार्टी (जसपा)की लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगा पार्टीको सम्पर्कमा आएकी छन् ।

सांसद सम्पर्कविहीन भएको सूचनापछि खोजी गरिरहेका बेला आज सम्पर्क आएको पार्टीका नेताहरूले जानकारी दिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

आइतबार बिहान सम्पर्कविहीन भएकी सांसद पुर्मती अहिले रुपन्देहीको तिलोत्तमा आफै घरमा रहेको प्रहरीले जानकारी दिएको छ ।

जसपाले सांसद ढेंगा आइतबार बिहान ११ बजेदेखि बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पाल्पाबाट निर्वाचित ढेंगा जसपाकी समानुपातिक सांसद हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस