२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपाको आधिकारिकता विवाद मिलाउन आज ‘हेड काउन्ट’ गर्दै निर्वाचन आयोग

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवाद मिलाउन आज ‘हेड काउन्ट’ गर्दै छ । आज बिहान ११ बजे जसपाको केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरूलाई आयोगमा बोलाइएको छ ।

साउन ७ गते आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा रहेको इजलासले केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको सनाखत गराउन आदेश दिएको थियो ।

निर्वाचन आयोगमा जसपा दल दर्ता गर्दाको बखतका ५१ कार्यकारिणी समितिका पदाधिकारीलाई बोलाइएको हो । उनीहरूलाई नागरिकता वा मतदाता परिचय पत्रको सक्कल कपि लिएर उपस्थित हुन भनिएको छ ।

आजै फैसला आउन सक्ने सम्भावना छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३–४४ अनुसार पार्टीको आधिकारिकता दाबी गरेको थियो । सोही विवाद निरूपण प्रक्रिया अन्तर्गत इजलासले बहुमत सदस्यको हस्ताक्षर गर्न लागेको हो ।

उपेन्द्र यादव पक्षले ५१ मध्ये ३० भन्दा बढी सदस्य आफूसँग रहेको दाबी गर्दै आएको छ । अर्का अध्यक्ष महन्त ठाकुर पक्षले पछि हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिएन ।

आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सशरीर उपस्थित गराउन भनेपछि ठाकुरले आदेश कानुन संवत् नभएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले दुवै पक्षलाई साउन १५ गतेका लागि बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस