दुई लाख ११ हजार बढीले लगाए जोन्सन एन्ड जोन्सनको खोप « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दुई लाख ११ हजार बढीले लगाए जोन्सन एन्ड जोन्सनको खोप


१० श्रावण २०७८, आइतबार


काठमाडौँ । अमेरिकाबाट आएको कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप हालसम्म दुई लाख ११ हजार १ सय ७८ जनाले लगाएका छन् ।

कोभ्याक्स सुविधामार्फत अमेरिकाले दिएको १५ लाख ३४ हजार जोन्सन एन्ड जोन्सन खोप गण्डकी, बाग्मती र दुई नम्बर प्रदेशमा लगाउन सुरु गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीले जोन्सन जोन्सन खोप अभियान अन्य ठाउँमा पनि छिट्टै लगाउन सुरु गरिने बताएका छन् । उनले भने, ‘खोपको माग धेरै छ बाँकी ठाउँमा पनि अब छिट्टै लगाउन सुरु गरिनेछ ।’

पछिल्लो समय जोन्सन जोन्स खोपको बारेमा केही नकारात्मक हल्ला फैलाइए पनि हल्लाको पछाडि नलगी खोप ढुक्कसँग लगाउन उनले आग्रह गरे। यो खोप धेरै विदेश जाने तयारी गरेकाहरूले लगाउन माग गरे पनि मागअनुसार पुर्‍याउन नसकिएको उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस