शेयर बजार झन्डै ५५ अङ्कले बढ्यो, नौ कम्पनीको शेयर १० प्रतिशतले वृद्धि « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

शेयर बजार झन्डै ५५ अङ्कले बढ्यो, नौ कम्पनीको शेयर १० प्रतिशतले वृद्धि


१० श्रावण २०७८, आइतबार


काठमाडौँ । साताको पहिलो दिन शेयर बजार कारोबार मापक नेप्से झन्डै ५५ अङ्कले बढेको छ । होटल र म्युचल फन्ड समूहबाहेक अरू समूहको शेयर बढेपछि नेप्से ५४ दशमलव ३१ अङ्कले बढेर तीन हजार ५८ दशमलव ६३ विन्दुमा पुगेको छ ।

आज बैङ्किङ समूहको शेयर ७२ अङ्कले, व्यापारको झन्डै तीन अङ्कले, विकास बैङ्कको १३ अङ्कले, जलविद्युतको ७१ अङ्कले, फाइनान्सको २५ अङ्कले र माइक्रो फाइनान्स समूहको शेयर ८६ अङ्कले बढेको छ । यस्तै जीवन बिमा समूहको शेयर ३१ अङ्कले, निर्जीवन बिमाको ४८ अङ्कले, उत्पादनको ७२ अङ्कले र अन्य समूहको शेयर ६ अङ्कले बढेको छ ।

आज दुई सय २३ कम्पनीका चार करोड ४१ लाख कित्ता शेयर १४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल बैङ्क र ग्लोबल आईएमई बैङ्कको शेयर ४९र४९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज विशाल बजार कम्पनी, सर्पोट लघुवित्त, ङादी जलविद्युत्, राधी जलविद्युत्, पञ्चकन्यामाई हाइड्रो, जोशी हाइड्रो, कालिका पावर, युनिभर्सल पावर र हिमालयन ऊर्जा विकास कम्पनी गरी नौ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि लक्ष्मी उन्नति कोष, कुमारी इक्विटी फन्ड र लक्ष्मी डिबेन्चरको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस