पर्यटन व्यवसायी र मजदूरलाई खोप, एक करोडको राहत प्याकेज « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पर्यटन व्यवसायी र मजदूरलाई खोप, एक करोडको राहत प्याकेज


१० श्रावण २०७८, आइतबार


गण्डकी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले कोभिड प्रभावित उद्योग एवं पर्यटन व्यवसायी र मजदूरलाई खोप लगाउन सहजीकरण गर्ने बताएका छन् ।

नवनियुक्त मन्त्री शर्माले आज पदभार ग्रहण गर्दै कोरोना प्रभावित पर्यटन क्षेत्रको पुनः उत्थानका लागि विभिन्न योजना तथा कार्यक्रमका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले पर्यटन व्यवसायीका लागि रु एक करोडको राहत प्याकेज विनियोजन गर्ने निर्णय गरेका छन्।

पदभार ग्रहण लगत्तै मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले उच्च मनोबलका साथ ढुक्क भएर काम गर्न आग्रह गरे। कर्मचारी नै स्थायी सरकार रहेको उल्लेख गर्दै उनले सेवाग्राहीको आवश्यकता सम्बोधन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

उक्त अवसरमा मन्त्रालयका सचिव डा महेश्वर ढकाल, महाशाखा प्रमुख उमा गौतम कोइराला, इमनाथ कँडेल, गोकुलशर्मा पौडेल लगायतले मन्त्री शर्मालाई स्वागत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस