आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गरिने « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गरिने


९ श्रावण २०७८, शनिबार


काठमाडौँ । आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । लामो समयदेखि बन्द रहेको अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको हो।

यसअघि स्थानीय प्रशासनबाट आन्तरिकरूपमा र काम विशेषले आएका सवारीलाई मात्रै काठमाडौँ उपत्यका भित्र प्रवेश गर्न दिने गरिएको थियो।

मन्त्रिपरिषद्को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले यातायात व्यवसायीलाई अनुरोध गरेको छ।

काठमाडौँ प्रशासनले शुक्रवार एक विज्ञप्ति जारी गरी मन्त्रीपरिषद्को निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायातका साधन सञ्चालन गर्न अनुरोध गरिएको हो।

प्रशासन कार्यालयले अनिवार्य रूपमा टिकट काटेर मात्रै यात्रा गर्न पनि अनुरोध गरेको छ। विज्ञप्तिमा नेपाल सरकारले जारी गरेको मापदण्डको पूर्ण कार्यान्वयन गर्न भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस