ऋण लिएरै भए पनि सबै जनतालाई खोप उपलब्ध गराउछौँ: प्रधानमन्त्री देउवा « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

ऋण लिएरै भए पनि सबै जनतालाई खोप उपलब्ध गराउछौँ: प्रधानमन्त्री देउवा


८ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरिछाड्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार (आज) बसेको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताए । ‘हामी ऋण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्‍याउने प्रतिवद्धता पूरा गर्छौं ।’

प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५–७ महिना मात्र रहने भन्दै उनले यो अवधिमा पनि देखिने गरी काम गर्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस