निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण पुन: बढ्यो: स्वास्थ्य मन्त्रालय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण पुन: बढ्यो: स्वास्थ्य मन्त्रालय


७ श्रावण २०७८, बिहिबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर बढेको जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहनु भनेको छ ।

निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेको भन्दै मन्त्रालयले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको उल्लेख गरेको छ ।

अहिले पनि १० जिल्लामा ५०० भन्दा बढी र २६ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस