जसपा पार्टी विवादमा आज अन्तिम सुनुवाइ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

जसपा पार्टी विवादमा आज अन्तिम सुनुवाइ


प्रशासन संवाददाता

७ श्रावण २०७८, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकतासम्बन्धी विवादबारे टुङ्गो लगाउन निर्वाचन आयोगको इजलासले आज अन्तिम बहस गर्दै छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि दाबी पेस गरेका थिए ।

आयोगले दुवै अध्यक्षको विवाद मिलाउन इजलास गठन गरी साउन ३ गतेदेखि बहस गरिरहेको छ । पहिलो चरणको बहस सकिएपछि दुवै पक्षलाई आ–आफ्नो सक्कल प्रमाणपत्र पेस गर्न आदेश दिएको थियो ।

दुवै पक्षका अधिवक्ताहरूले २/२ घण्टा बहस गर्नेछन् । त्यसपछि बहसनोट दिनेछन् । आयोगको इजलासमा बहस सकिएपछि सम्भवतः आजै आदेश आउन सक्ने आयोगले जनाएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई ठाकुर पक्षले समर्थन गरेपछि यादव र ठाकुरपक्षबीच विवाद बढेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस