Logo २० कार्तिक २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पर्यावरण संरक्षणमा नेपाल र भारतका बालबालिकाको चासो


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेपाल र भारतका बालबालिकाले संसार बचाउन पर्यावरण बचाउनुपर्ने र वन्यजन्तु र वनस्पति संरक्षण गर्ने दायित्व आफूहरूको रहेको बताएका छन् ।

हाम्रा भङेरा र पर्यावरण योद्धा, पटना, विहार, भारतले ‘जङ्गल–पशु–पक्षीः बालबालिकाका आँखामा’ विषयमा आयोजना गरेको अनलाइन परिचर्चामा तिनले पर्यावरण संरक्षणका दिशा जागरूकतामा जोड दिँदै यस कार्यका लागि लिए देशविदेशका धेरै बालबालिका अघि बढिरहेको र वृक्षरोपण अभियान चलाइरहेको बताए ।

आइतबार भएको परिचर्चामा मोरङ बूढीगङ्गाका बाल पर्यावरण योद्धा डेनिस रिजालले मानव जीवनमा बोटबिरुवा, पक्षी र जनावरका अहम भूमिका रहने भएकाले सबै मिलेर यिनलाई बचाउन आग्रह गरे । ‘पूरा विश्वमा विकासका नाममा रुखबिरुवा काटिँदै छ, यसको विकल्पमा अर्को बाटो खोज्नुपर्छ’, एघार वर्षीय रिजालले भने, ‘पृथ्वी र प्रकृतिलाई सुन्दर बनाउन तथा जैविक विविधताका लागि सबैको संरक्षण आवश्यक छ ।’

झारखण्डका अमीषा महतोले आफ्नो गाउँमा कोइला निकाल्नका लागि जङ्गल काटिँदा गर्मी बढेको अनुभव सुनाउँदै पृथ्वी र पर्यावरण बचाउनका लागि ज्यादाभन्दा ज्यादा बिरुवा लगाउन आह्वान गरिन् । दिल्लीका एकांश डंगवाल र दिव्यांश डंगवालले पर्यावरणमा हरेक जीवको विशेष महत्व रहेको जनाउँदै पक्षीहरूलाई दाना–पानी दिएर संरक्षण गर्नुपर्ने बताए ।

पर्यावरणप्रेमी–चिन्तक पिआइबी, पटनाका निर्देशक दिनेश कुमारले रुखका हरेक पात हाम्रा फोक्सो र प्रकृति बैंक भएको बताउँदै संरक्षणका लागि बालबालिकालाई अघि बढ्न आग्रह गरे । पीपल नीम तुलसी अभियानका संस्थापक डा धर्मेन्द्र कुमारले खासगरी बालबालिकालाई पर्यावरण संरक्षणमा जोड्न आवश्यक रहेको बताउनुभयो । परिचर्चाका आयोजक भङेरा संरक्षक तथा लेखक सञ्जय कुमारले लगातार जंगल कम भइरहेको र वन जथाभावी उजाडिँदा कतिपय वन्य जीवजन्तु विलुप्त भइसकेको र केही लोपोन्मुख भएकामा चिन्ता व्यक्त गरे ।

पर्यावरण योद्धा, पटनाका अध्यक्ष निशान्तरञ्जनले ठुल्ठुला जङ्गल अहिले विशाल अपार्टमेण्टमा परिणत भई पर्यावरणको तीव्र गतिबाट भइरहेको ह्रासले मानव अस्तित्व नै खतरामा परेको औँल्याउँदै यसको संरक्षणमा युवाको भूमिकामा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस