प्रतिबन्धित पेय पदार्थ रेडबुल बिक्री गरेको अभियोगमा चार जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रतिबन्धित पेय पदार्थ रेडबुल बिक्री गरेको अभियोगमा चार जना पक्राउ


६ श्रावण २०७८, बुधबार


पक्राउ

काठमाडौँ । प्रतिबन्धित क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ रेडबुल बिक्री गरेको अभियोगमा काठमाडौँबाट चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा न्युरोडको प्रणव स्टोरका रविनराज श्रेष्ठ, गोंगबुका राजु पौडेल, कपनको शक्तिमाता स्टोरका सञ्चालक धनबहादुर श्रेष्ठ र सर्लाहीका वीरेन्द्र चौधरी रहेका छन् ।

पौडेल र चौधरी रेडबुलको ओसारपसारमा संलग्न रहेको थिए । ०७६ असार २ मा राजपत्रमा सूचना प्रकाशित गरेर क्याफिनयुक्त उत्पादन प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । त्यही अनुसार पक्राउ परेका हुन्।

विशेष गरी भारतबाट लुकिछिपी ल्याइएका उत्पादनमा क्याफिन पाइएको छ । नेपाली उत्पादनमा क्याफिनको प्रयोग गरिएकाे छैन । उनीहरुबाट २०२ कार्टुन रेडबुल बरामद गरिएको छ भने थप कारबाहीका लागि भन्सार विभाग पठाइने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस