नाराबाजी रोकेर एकता प्रक्रियामा अगाडि बढ्न नेपाल समुहको ओलीलाई आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नाराबाजी रोकेर एकता प्रक्रियामा अगाडि बढ्न नेपाल समुहको ओलीलाई आग्रह


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकतामा जोड दिएको छ । नेपालसहितका नेताहरुविरुद्ध भइरहेको नाराबाजी रोकेर एकताका लागि गम्भीरताका साथ अगाडि बढ्न आग्रह गरेको छ ।

नेपालसहित २२ सांसदले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेपालसमूहका स्थायी कमिटी सदस्यहरुको पहिलो बैठक बुधबार (आज) बसेको हो । उक्त बैठकमा भीम रावल भने अनुपस्थित थिए । बैठकले एकता प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस