प्रधानमन्त्री देउवा र विप्लवबीच बालुवाटारमा भेटवार्ता जारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्री देउवा र विप्लवबीच बालुवाटारमा भेटवार्ता जारी


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता जारी छ ।

भेटमा प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण सहभागी छन् भने विप्लवसहित खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला सहभागी भएका छन् ।

यस अघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनकालागि विप्लव र देउवाबिच छलफल भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस