साउन १४ देखि मैलुङखोला जलविद्युतको आईपीओ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साउन १४ देखि मैलुङखोला जलविद्युतको आईपीओ


६ श्रावण २०७८, बुधबार


काठमाडौँ। मैलुङखोला जलविद्युत् कम्पनीले यही साउन १४ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । धितोपत्र बोर्डबाट असार २३ गते कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता साधारण सेयर बिक्री गर्न अनुमति पाएको हो ।

आयोजना प्रभावित स्थानीयलाई यसअघि नै सार्वजनिक निष्कासन गरिसकेको कम्पनीले कुल निष्कासनमध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणको लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्ता अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उक्त सार्वजनिक निष्कासनमा छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिने सकिनेछ ।

आवेदकले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनको लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ ।

Tags :
प्रतिक्रिया दिनुहोस