महन्थ ठाकुरले भेटे प्रधानमन्त्री देउवालाई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महन्थ ठाकुरले भेटे प्रधानमन्त्री देउवालाई


६ श्रावण २०७८, बुधबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । बुधवार बिहान अध्यक्ष ठाकुरले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।

जसपाले उठाउँदै आएका मागका बारेमा देउवा र ठाकुरबीच कुराकानी भएको स्राेतले जानकारी दिएको छ । ठाकुर पक्षले रेशम चौधरीलाई जेलबाट रिहाइ गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायतका माग राख्दै आएको छ । ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएकाे थियाे ।

Tags :
प्रतिक्रिया दिनुहोस