सरिता गिरी मेयर पदका लागि चुनाव लड्ने « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

सरिता गिरी मेयर पदका लागि चुनाव लड्ने


५ श्रावण २०७८, मंगलबार


जनकपुरधाम । प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गरिएकी सरिता गिरीले अब आउने स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । गिरीले आफू सिरहाको लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लड्ने सामाजिक सञ्जाल फेशबुक मार्फत बताएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्,‘म लहान नगरपालिकाको मेयर पदका लागि चुनाव लडने घोषणा गर्दछु । लहान नगरपालिकाको जनता मेयर मुनी साहबाट पीडित छन । उनको अधिनायकवादलाइ जनताले परास्त गर्ने छ । अब ५ वर्ष स्थानीय स्तरमा रही जनताको सेवा गर्ने छु ।’

उनले अगाडि लेखेकी छन्,‘म सबैसँग आजको दिनदेखि सहयोग र सम्पर्कका लागि हार्दिक अपील गर्दछु । स्थानीय स्तर मा लोकतन्त्र, समय सुहाँउदो विकास नीति र पारदर्शिता नभयी सबैको विकास हुन सक्दैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस