सप्तकोशीमा पानीको बहाव उच्च, २९ वटा ढोका खोलियो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सप्तकोशीमा पानीको बहाव उच्च, २९ वटा ढोका खोलियो


५ श्रावण २०७८, मंगलबार


सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पूर्वी पहाडी जिल्लामा लगातार पानी परेका कारण सप्तकोशीमा पानीको बहाव उच्च भएको हो ।

सप्तकोशीमा मङ्गलवार दिउँसो ४ बजे पानीको बहाव बढेर प्रतिसेकेन्ड २ लाख २३ हजार ४ सय १५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । पानीको बहाव उच्च भएपछि ब्यारेजको ५६ ढोका मध्य २९ वटा ढोका खोलिएका छन् ।

सप्तकोशीमा पानी बडेपछि कोशी आसपासका बासिन्दालाई सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

कोशीको बाढीबाट हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोर सहितको सशस्त्र प्रहरीको उद्धार टोली कोशी आसपासका क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले बताए ।

सप्तकोशीमा पानीको बहाव उच्च हुँदा समेत कोशी ब्यारेजका सबै ढोका नखोलेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । भारत सरकारको नियन्त्रणमा रहेको कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण वर्षेनि कोशी आसपासका खेती योग्य जमिन र मानव बस्ती डुवानमा पर्ने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस