ओली–विप्लव बालकोटमा भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ओली–विप्लव बालकोटमा भेटवार्ता


५ श्रावण २०७८, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ । मङ्गलवार बिहान ओलीलाई भेट्ने विप्लव बालकोट पुगेका हुन् ।

विप्लवसँगै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत नेताहरु पनि भेटवार्तामा सहभागी रहेको स्रोतले जानकारी दिएको छ । भेटमा समसामयिक र राजनीतिक छलफल भएको बताइएको छ ।

यसअघि विप्लवले माओवादी अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस