माधव नेपालसँगको भेटपछि प्रचण्ड बालुवाटारमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माधव नेपालसँगको भेटपछि प्रचण्ड बालुवाटारमा


५ श्रावण २०७८, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन्।

आज बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटे लगत्तै प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

मन्त्रिपरिषद् विस्तारको तयारी रहेका बेला शीर्ष नेताहरूले भेटघाटमा सक्रियता देखाइरहेका छन् ।

मन्त्रिपरिषद् विस्तार कहिले हुने भन्ने टुङ्गो लागिसकेको छैन ।

प्रधानमन्त्री देउवाले यस अघि नै मन्त्रिपरिषदमा काँग्रेसबाट २ र माओवादीबाट २ मन्त्री नियुक्त गरिसकेका छन् ।

मन्त्रिपरिषद् २५ सदस्यीय बनाउन मिल्ने संवैधानिक व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस