अब भारतमा काठमाडौँबाट हप्तामा ६ उडान हुने « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

अब भारतमा काठमाडौँबाट हप्तामा ६ उडान हुने


४ श्रावण २०७८, सोमबार


काठमाडौँ । भारतको नयाँ दिल्लीमा अब काठमाडौँबाट हप्तामा ६ उडान हुने भएको छ । अहिले भारतको नयाँ दिल्लीमा हप्तामा दुई उडान भइरहेको छ । अब नयाँ दिल्लीमा काठमाडौँबाट सोमबार, बुधबार र शनिबार नेवानिको उडान हुने छ ।

भारतबाट एयर इण्डियाले उडान तालिका तोक्नेछ । यसअघि हप्तामा दुई उडान मात्र हुँदा सीट उपलब्ध नहुँदा नयाँ दिल्लीको भाडा अत्यधकि महंगो भएको थियो । अब उडान २४ जुलाईबाट मात्र कार्यान्वयनमा आउने निगमले जनाएको छ ।

नेपाल र भारतबीच एयर बबल सम्झौता अनुसार उडान भइरहेको छ । भारतको बैंलौर र मुम्बईमा भने तत्काल उडानको सम्भावना नरहेको नेपाल एयरलाइन्सको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस