बैंकिङ कसूर मुद्दाका दोषी पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बैंकिङ कसूर मुद्दाका दोषी पक्राउ


४ श्रावण २०७८, सोमबार


पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार भएका दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौँको टोखाबाट टोखा नगरपालिका–२ का ४८ वर्षीय मिलन डंगोल र कलंकीबाट काठमाडौँ महानगरपालिका–२२ घर भई हाल वडा नम्बर १३ मा बस्ने ६३ वर्षीय देवनारायण महर्जनलाई सोमबार पक्राउ गरेको हो ।

उनीहरु दुवैलाई चेक बाउन्सको मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरेको थियो । डंगोललाई ७ दिन कैद र १५ लाख जरिवाना तथा महर्जनलाई ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना गर्ने फैसला भएको थियो ।

पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस