अफगानिस्तानमा ९५० तालिबान मारिए, ५०० घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अफगानिस्तानमा ९५० तालिबान मारिए, ५०० घाइते


४ श्रावण २०७८, सोमबार


काबुल । अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकुहरू मारिएका छन् । घटनाका कारण अरू पाँच सय भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ ।

सुरक्षाकर्मीहरु र तालिबान लडाकुहरूका बिचमा देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भएको जनाइएको छ । लडाकु समूहले लगातार हिंसात्मक गतिविधिहरु गरिरहेकाले सुरक्षा कारबाही गर्नु परेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

कतिपय सहर तथा क्षेत्रहरु तालिबान लडाकुहरूको नियन्त्रणमा रहेको दाबी गरिएको छ । ती मध्ये सोर्ख ए पर्सा जिल्लाको पर्वाना र माइलस्तान जिल्लाको घाज्नीलाई सुरक्षाकर्मीहरुले आफ्नो नियन्त्रणमा लिइएको जनाएका छन् । तर चाखान्सुर जिल्लाको मिर्मोजलाइ भने लडाकुहरूले फेरि कब्जा गरेको समाचार श्रोतले जनाएको छ ।

अफगानिस्तानको उत्तरपूर्वी प्रान्त ताखारमा पनि सुरक्षाकर्मी र तालिबान लडाकुहरूका बिचमा ठुलो भिडन्त भएको थियो । तालिबान लडाकुहरूको नियन्त्रणमा रहेका ठाउँहरुलाई नियन्त्रणमुक्त गर्न सरकारी सुरक्षाकर्मीहरुले प्रयास गरिरहेको अधिकारीहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस