अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु


४ श्रावण २०७८, सोमबार


काठमाडौँ । कोरोना भाइरस विरुद्धको अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको (जानसन कोभिड–१९ भ्याक्सिन) खोप आजदेखि लगाउन सुरु गरिएको छ।

आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको खोप केन्द्रको अनुगमन गरी त्यहाँ आयोजित एक कार्यक्रममा स्वास्थ्यकर्मीहरूलाई खोप हस्तान्तरण गर्दै खोप अभियानको सुरुआत गरेका हुन्। सो कार्यक्रममा काठमाडौँका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी भएका थिए।

प्रधानमन्त्री देउवाले खोप सहज रूपमा लगाउने प्रबन्ध मिलाउन निर्देशन गरेको ट्विटरमार्फत जानकारी दिएका छन्। ‘मेरो सरकारको प्राथमिकता सबैलाई कोरोनाविरूद्धको खोप हो। नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेको छु। खोप सहज रूपमा लगाउने प्रबन्ध गर्न निर्देशन पनि गरेको छु, उनले भनेका छन्।

आजदेखि ६ गतेसम्म काठमाडौँका ४४ वटा केन्द्रबाट यो खोप लगाइने छ ।

अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप अनुदानमा दिएको थियो। एक मात्रामात्रै लगाए पुग्ने खोप ५० देखि ५४ वर्ष उमेर समूहका, अपाङ्गताको ‘क’ र ‘ख’ वर्षको परिचयपत्र पाएका, शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरूलाई दिन थालेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस