अमेरिकाबाट साढे १० करोड बराबरको स्वास्थ्य सामग्री आइपुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकाबाट साढे १० करोड बराबरको स्वास्थ्य सामग्री आइपुग्यो


४ श्रावण २०७८, सोमबार


बुटवल । अमेरिकाबाट साढे १० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ । भैरहवाको प्रतिमान–निमा स्मृति प्रतिष्ठानले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा दोस्रो पटक ठुलो मात्रामा कोभिड–१९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्रीहरू नेपाल ल्याएको हो ।

त्रिभुवन विमानस्थलमा आइपुगेका स्वास्थ्य सामग्रीहरूमा २० हजार थान पीपीई गाउन, १९ हजार ४ सय ४० थान फेस शिल्ड, ७० हजार थान मेडिकल मास्क, १५ हजार थान एन ९५ मास्क, १६० थान डिजल थर्मामिटर, १५ हजार सात सय ५० थान प्रोटेक्ट फेस शिल्ड रहेका छन् ।

यस्तै २३ सय ४ थान पीपीई कभर (मिडियम), २३ सय ४ थान पीपीई कभर (ठुलो), ३० थान इमरजेन्सी रिलिफ बेड, १४ लाख थान डिस्पोजेबल ग्लोभ्स र १ लाख २८ हजार थान केएन ९५ प्रोटेक्टिभ मास्क रहेको बताइएको छ ।

प्रोजेक्ट होप, एयर लिंक, फ्लेक्स पोर्ट, हेनरी शाइन केयर्स, मेड शेयरको सहकार्यमा आएको स्वास्थ्य सामग्रीहरू संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हन्तान्तरण गरी सातवटै प्रदेशका सरकारी अस्पताललाई आवश्यकता र मागका आधारमा वितरण गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।

यसअघि प्रतिष्ठानले पहिलोचरणमा अक्सिजन कन्सन्ट्रेटर,अक्सिजन सिलिण्डर, मेडिकल टेन्ट, बाइप्याप मेसिन,आइसीयू बेड, पीपीई, सेनिटाइजरलगायत दुई करोड ७० लाख मूल्य बरावरको स्वास्थ्य सामग्रीहरू लुम्बिनी प्रदेशका १३ वटा सरकारी अस्पताललाई वितरण गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस