२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाबाट साढे १० करोड बराबरको स्वास्थ्य सामग्री आइपुग्यो

अ+ अ-

बुटवल । अमेरिकाबाट साढे १० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ । भैरहवाको प्रतिमान–निमा स्मृति प्रतिष्ठानले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा दोस्रो पटक ठुलो मात्रामा कोभिड–१९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्रीहरू नेपाल ल्याएको हो ।

त्रिभुवन विमानस्थलमा आइपुगेका स्वास्थ्य सामग्रीहरूमा २० हजार थान पीपीई गाउन, १९ हजार ४ सय ४० थान फेस शिल्ड, ७० हजार थान मेडिकल मास्क, १५ हजार थान एन ९५ मास्क, १६० थान डिजल थर्मामिटर, १५ हजार सात सय ५० थान प्रोटेक्ट फेस शिल्ड रहेका छन् ।

यस्तै २३ सय ४ थान पीपीई कभर (मिडियम), २३ सय ४ थान पीपीई कभर (ठुलो), ३० थान इमरजेन्सी रिलिफ बेड, १४ लाख थान डिस्पोजेबल ग्लोभ्स र १ लाख २८ हजार थान केएन ९५ प्रोटेक्टिभ मास्क रहेको बताइएको छ ।

प्रोजेक्ट होप, एयर लिंक, फ्लेक्स पोर्ट, हेनरी शाइन केयर्स, मेड शेयरको सहकार्यमा आएको स्वास्थ्य सामग्रीहरू संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हन्तान्तरण गरी सातवटै प्रदेशका सरकारी अस्पताललाई आवश्यकता र मागका आधारमा वितरण गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।

यसअघि प्रतिष्ठानले पहिलोचरणमा अक्सिजन कन्सन्ट्रेटर,अक्सिजन सिलिण्डर, मेडिकल टेन्ट, बाइप्याप मेसिन,आइसीयू बेड, पीपीई, सेनिटाइजरलगायत दुई करोड ७० लाख मूल्य बरावरको स्वास्थ्य सामग्रीहरू लुम्बिनी प्रदेशका १३ वटा सरकारी अस्पताललाई वितरण गरेको थियो।