आगोले जलेर चार वर्षीया बालिकाको मृत्यु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

आगोले जलेर चार वर्षीया बालिकाको मृत्यु


३ श्रावण २०७८, आइतबार


ओखलढुङ्गा । आगोले जलेर एक बालिकाको मृत्यु भएको छ । मानेभज्याङ गाउँपालिका–६ मा आज आगलागी हुँदा सिन्धुलीको फिक्कल–५ की चार वर्षीया बालिका धनकुमारी खड्काको जलेर ज्यान गएको हो ।

स्थानीय भक्ती शरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी छोरी धनकुमारीको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए । बालिकासँगै गोठभित्र रहेका दुई गाई र चार बाख्रा जेलेर मरेका छन् ।

गाईगोठभित्र खेलिरहेकी बालिकाले लाइटर खेलाउँदा गोठमा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस