१५ मिनेटका लागि संसद् बैठक स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१५ मिनेटका लागि संसद् बैठक स्थगित


३ श्रावण २०७८, आइतबार


काठमाडौँ । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको जानकारी दिएका छन् । पहिलो बैठकमा केही अध्यादेश पेस भएका छन् ।

अब बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले) को खनाल–नेपाल समूहका केही सांसदले विश्वासको मतको पक्षमा मतदान गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस